तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ । मङ्गलवार नेप्से सूचक सामान्य अङ्कले बढेर २७०० विन्दु माथि पुगेको छ । 

यस दिन नेप्से सूचक १३.८३ अङ्कले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अङ्कले बढेको छ ।  

मङ्गलवार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयरहरू किनबेच भएका छन् ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button