तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चेश्वरका युवाले उद्यम गर्न बिना धितो १५ लाख रकम पाउने

बैतडी । बैतडीको पञ्चेस्वर गाउँपालिकाले युवाहरुलाई उद्यमी बनाउन बिना धिता सहुलियत कर्जा दिने भएको छ ।

नेपाल सरकारको कार्यक्रम अनुसार गाउँपालिका भित्रका १६ देखि ४०बर्ष सम्मका युवाहरुलाई सहुलीयत कर्जा दिइने गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो ।

कार्यक्रममा महिला, दलित, बिदेशबाट फर्केका ब्यक्तिहरुलाई प्राथमिकतामा राखिने बताइएको छ ।

बिदेशबाट फर्केका युवाहरुको हकमा भने उमेर हद नरहेको बताइएको छ । राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नविल बैंक बीच भएको त्रिपक्षीय सहमति अनुसार उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रम अन्तरगत युवा परिषद्ले ७ दिनको तालिम दिने, तालिमको खर्च गाउँपालिकाले ब्यहोर्ने तथा नबिल बैंकले ५ देखी १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने बताइएको छ । यसका लागीे गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नबिल बैंकका दिगो बैंक प्रबन्धक लिला प्रसाद ओझाले त्रिपक्षिय सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रम अनुसार यसबर्ष गाउँपालिकाका १ सय ५०जना युवाहरुलाई बिभिन्न उद्यममा संलग्न गराइ उद्यमी बनाइने गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो ।

उद्यमी बन्न चाहने ब्यक्तिहरुका लागि १ हप्ताभित्रै दरखास्त आह्वान गरिने गाउँपालिकाले जनाएको छ ।

तालिममा सहभागी भएका युवाहरुलाइ उद्यम सञ्चालन गर्नका लागि कर्जा पाइने युवा परिषदुका कार्यकारी बोर्ड सदस्य गोबिन्द गीरीले बताउनुभयो ।

उद्यम अन्तरगत कृषि तथा पशुपालन, साना तथा घरेलु उद्योगहरु, अटोमोबाइल्स, गाडी मर्मत लगायतका ब्यवसायहरु र परम्परागत पेषा प्रर्बधनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा अहिले देशभर बाट १७ स्थानियतह छनोट भएकोमा सुदुरपश्चिमबाट पञ्चेस्वर गाउँपालिका छनोट भएको हो ।

डिलाशैनीका बिद्यालय कर्मचारीको माग पुरा गर्न बार्ताटोली
बैतडीको डिलाशैनी गाउँपालिकाका बिभिन्न बिद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्न बार्ता समिति गठन गरिएको छ ।

उनिहरुले ३ दिनसम्म गाउँपालिकामा तालाबन्दी गरि आन्दोलन गरेपछि आज बार्ता समिति गठन गरिएको हो ।

संघिय सरकारको बजेटमा बिद्यालय सहायक, प्रारम्भिक बालबिकास, कार्यालय सहयोगीलाई १५ हजार तलव दिने भनिएपनि उक्त तलव नपाएको भनदै उनिहरुले आन्दोलन गरहेको हुन् ।

अहिले एक हप्तासम्म माग सम्बोधन गर्ने सहमति भएको बार्ता समितिका सयोजक कलावति रानाले बताउनुभयो ।

बार्ता समितिमा बिद्यालय कर्मचारीका तर्फबाट ९ जना र गाउँपालिकाका तर्फबाट ५ जना रहेका छन् ।

सघिंय सरकारले बजेट भाषणमा १५ हजार तलव दिने भने पनि ८ हजार संघिय सरकारबाट प्राप्त हुने र बाकीँ ७ हजार स्थानिय तहले थप्ने भनिएको थियो । आफुहरुसँग रकम अभाव भएकाले १५ हजार तलव दिन समस्या हुने गाउँपालिकाले जनाएको छ ।

आज गठन गरिएको बार्ता समितिसँग बसेर बजेट हेरी छलफल गरिने गाउँपालिकाका शिक्षा साखा प्रमुख महादेब भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button