तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा जनलोकपाल आयोग गठन

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक अनियमितताको अनुसन्धान गरेर कारबाही गराउने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त हुनुभएको छ ।


आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधाम निवासी तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्व प्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभा कुमारी महतोलाई चयन हुनुभएको छ ।


तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गर्नुभएको छ । 


आयोगलाई प्रदेशका आर्थिक अनियमितता तथा कमी कमजोरीको छानबिन गर्ने र कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।


आयोगका नवनियुक्त अध्यक्ष सहितका पदाधिकारीहरूलाई प्रदेश नंं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 


नवनियुक्त पदाधिकारीहरूले आजै पदभार ग्रहण गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button