भीषण वर्षाले जनकपुरधामका कतिपय वडा जलमग्न

जनकपुरधाम । आज बिहान भएको मूसलधारे वर्षाका कारणले जनकपुरधामको कतिपय वडाहरू जलमग्न भएको छ ।
जनकपुरधामको वडा नंं ७, ८, ९ का कतिपय व्यक्तिको घर आँगनमा पानी जमेको छ । जनकपुरधामको रामानन्द चौकमा रहेको कतिपय पसलहरूमा एक फिटसम्म पानी जमेका कारणले पसलमा राखिएको कतिपय सामानहरू भिजेको व्यवसायीहरूले जनाउनु भएको छ ।
जनकपुर ढल्केवर सडक आयोजनाको काम जारी रहेका कारणले भएका नालाहरू पनि जाम भएपछि पसल, आँगन तथा व्यक्तिको घरमा वर्षाको पानी जमेको छ । मूसलधारे वर्षाका कारणले जनकपुरधामको वडा नंं १ भानु चौकको गल्लीमा पानी जमेको छ । वर्ष रोकेर घाम लागेपछि केहीलाई राहत पनि मिलेको छ ।
ढलको राम्रो निकास नभएको र कतिपय ठाउँमा ढलको कामकाज भइरहेका कारणले वर्षामा प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्