सप्तरीमा नहरमा डुबेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ सकरदही स्थित पश्चिमी नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।
बुधवार दिउँसो नहरमा शौच गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदह लवटोलियाका गंगा राम ईसरको २४ वर्षीय छोरा लक्षमण कुमार ईसरको नहरमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
शौच गर्न गएको बेला नहरको डिलबाट लडेर उनको नहरमा डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनी सात वर्ष मलेसियाको बसाइपछि १५ दिन अगाडि मात्रै घर आएका थिए ।
युवकको शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याएको छ भने घटना बारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्