भिमाद नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषकलाई औजार वितरण

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले अनुदानमा कृषकलाई औजार वितरण गरेको छ । नगरपालिकाले मङ्गलवार ५० प्रतिशत अनुदानमा कृषक औजार वितरण गरेको भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा ९ वटा वडाका कृषकलाई हाते ट्याक्टर, कम्बाईन मिल, ब्रस कटर, च्याप कटर, थ्रेसर, रोटा भेटर लगायतका कृषि औजार वितरण गरेको नगरप्रमुख थापाले बताउनुभयो। उहाँले भन्नुभयो ’५० प्रतिशत नगरपालिकाको अनुदान हो बाँकी ५० प्रतिशत कृषक स्वयंको लगानी हो ।’
कृषकहरूलाई नगरप्रमुख थापाले ती कृषकहरूलाई कृषि यन्त्रहरू वितरण गर्नुभएको हो । नगरभित्रका फर्म दर्ता भएका कृषक, समूह लगाएतलाई सो औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ५३ वटा कृषि यन्त्रहरू वितरण गरेको छ । जसमा ७ एचपीको हाते ट्याक्टर २० वटा, ९ एचपीको हाते ट्याक्टर ७ वटा, कम्बाईन मिल ६ वटा, ब्रस कटर २ वटा, च्याप कटर १५ वटा, रोटा भेटर २ वटा र एउटा थ्रेसर वितरण गरेको भिमाद नगरपालिकाकी जेटिए शर्मिला अम्गाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम हो, कोरोनाका कारण अलि ढिला भयो ।’







प्रतिक्रिया राख्नुहोस्