सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी हुनुहुन्छ ।
सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । आजको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाउनसक्ने सम्भावना छ ।








प्रतिक्रिया राख्नुहोस्