चितवनमा दुईजना नक्कली परीक्षार्थी पक्राउ

चितवन । चितवनमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दीप कुमार राय र अर्का एक नाबालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय,चितवनका अनुसार नारायणी बहु प्राविधिक शिक्षालय भरतपुर परीक्षा केन्द्रमा बिहीबार २ः३० बजेबाट सञ्चालित भएको डिप्लोमा ईन सिभिल इन्जिनियरिङ अन्तर्गत केमेस्ट्रीको आंशिक तर्फको परीक्षाको दिइरहेका बेला उनीहरू पक्राउ परेका हुन् । परीक्षा केन्द्रका कर्मचारीले अरूको परीक्षा दिइरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चितवन जिल्ला अदालतबाट बिहीबारदेखि नै लागु हुने गरी म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्