फेवा किनारमा अतिक्रमण बढ्यो
पोखरा । फेवा तालमा निमार्ण भएका अवैध संरचना पोखरा महानगरले भत्काएको केही समयमा फेरी पुन अतिक्रमण भएको छ । गएको वर्ष वडा नं १८ खपौंदी स्थित फेवाताल किनारमा महानगरले डोजर चलाएको थियो पुनः संरचना निर्माण गरिएको छ ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै पटक पटक अतिक्रमित संरचना भत्काउन आग्रह समेत गर्दै आएको थियो । महागरले गएको चैतमा डोजर लगाएर भत्काएको संरचना रातारात निमार्ण भएका छन् ।
फेवाताल अतिक्रमण हुनेरि कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै महानगरपालिकाले हटाउने गरे पनि अटेर गर्दै संरचना निर्माण हुँदै आएका छन् । नागरिक समाजका कास्कीका अगुवा राम पौडेल भन्नुहुन्छ “ फेवातालको पानी रहेको भूभागमा पर्खाल लगाउनु भनेको दण्डहीनताको पराकाष्ठा हो
फेवाताल ताल संरक्षणको मुख्य भूमिका पोखरा महानगरको रहेको अवस्थामा अतिक्रमणकारी विरुद्ध महानगरले कडा रुपमा प्रस्तुत नहुनु महानगरको निरीहता रहेको छ । ”
फेवाताल किनारमा यसअघिको भन्दा एक तह बढाउँदै पर्खाल निर्माण गरिएको छ । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले यसअघि निर्माण गरिएको संरचना भत्काएर , सबै सामाग्री महानगरले ल्याएपछि निर्माणकर्ताले अबदेखि संरचना निर्माण नगर्ने भनेर सम्झौता समेत गरेको बताउनु भयो ।
‘हामी जहाँ अतिक्रमण भयो भनेर भत्कायौँ ती ठाउँहरूमा फेरि लुकिचोरी त्यस्ता काम भएको छ भने भत्काउने दायित्व हाम्रो हो, त्यो भत्काउँछौँ ,उहाँले भन्नु भयो ।
नबनाउने र बनाउन नपाइने भनेर तोकिएका स्थानमा लुकिचोरी अवैध तरिकाले त्यस्ता संरचना निर्माण गर्ने अधिकार नभएकाले महानगरले फेरि पनि एक्सन लिने कसैले जोरी खोज्ने र नगरपालिकालाई कमजोर आँक्ने हिसाबले यस्तो घमण्ड गर्नुभएको छ भने त्यो उहाँहरूलाई ठुलो नोक्सानी हुन्छ कारबाही हुन्छ’, तत्कालै वास्तविकता बुझेर एक्सनमा जाने महानगरको रणनीति रहेको नेपालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्