ठोर्कपामा बस दुर्घटना : दुई दर्जनभन्दा बढी घाइते

सिन्धुपाल्चोक ।ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २४ घाइते भएका छन् ।
कोसीपारी यातायातको ब ३ ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो । २ जना पुरुष बसभित्रै च्यापिएको वडाध्यक्ष रामहरी खड्काले घटनास्थलबाट जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा १८ घाइते भएका छन् ।
बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो । उहाँका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ३ जनालाई सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्