तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा—सिमरा सिधा हवाई जहाज सञ्चालन हुने

 


फाइल तस्बिर

पोखरा । पोखराबाट सिमराको सिधा हवाई जहाज सञ्चालन हुने भएको छ । 

बुद्ध एयरले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको लागि सिधा उडान गर्ने भएको हो । 

महत्त्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज तथा भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै बुद्ध एयरले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । 

शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधवार र शुक्रवार उडान भर्ने र यात्रुको मागअनुसार दैनिक उडान भर्ने तयारी रहेको बुद्ध एयरले जनाएको छ । 

पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे गर्ने समय तोकिएको छ । 

बुद्ध एयरले पर्यटकीय नगरी पोखरालाई अन्य प्रदेशसँग सिधा हवाई मागबाट जोड्ने अभियानलाई तीव्रता दिएको छ । 

यसअघि पोखरा बाट भैरहवा, भरतपुर, नेपालगञ्ज सिधा उडान विस्तार गरेको बुद्ध एयरले अबदेखि सिमराको लागि पनि उडान भर्ने छ । 

उडानबाट नेपाल र भारत दुई देश तथा नेपालका दुवै प्रदेशका जनता लाभान्वित हुने विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button