लागू औषधसहित सप्तरीमा एक युवक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागू औषध सहित कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका बिन्देश्वर यादवको २८ वर्षीय छोरा जयराम यादवलाई पक्राउ गरेको छ ।
उनलाई बरमझियास्थित सङ्गम फास्फुड एण्ड मदिरा होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले उक्त होटलमा लागू औषध बिक्री वितरण गरिरहेको खबर पाए लगत्तै उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट नाईट्रोसन–१० को ६१० पिस टयाबलेट र खाली खोल ४१ पिस, एसपाम प्रोक्सीवन प्लस ३१० पिस ट्याब्लेट भरेको र खाली खोल २० पिस, डिलेस ८ पिस भरेको र खाली ५ पिस, कोडीवेल १ सय एम.एल., खाली १ पिस, सिरिन्च १ थान, मोबाइल ३ थान र १८ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादव विरुद्ध थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्