नेपाली क्रिकेट टोली मङ्गलवार ओमान प्रस्थान गर्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलवार ओमान प्रस्थान गर्ने भएको छ ।
नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले व्यवस्थापक सहितको २२ सदस्यीय टोली मङ्गलवार प्रस्थान गर्ने बताउनुभयो । टोलीमा १७ खेलाडी र पाँच व्यवस्थापक रहने सचिव प्याकुरेलले जानकारी दिनुभयो ।
प्रमुख प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो विक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल व्यवस्थापकीय टोलीमा रहनुहुनेछ ।
टोली भाद्र आठ गते मङ्गलवार ओमान प्रस्थान गर्नेछ ।
नेपालले ओमान र अमेरिका सम्मिलित सेप्टेम्बर १३ मा सुरु हुने त्रिकोणात्मक एक दिबसीय श्रृखंला खेल्नेछ । श्रृखंला सेप्टेम्बर २० मा सम्पन्न हुनेछ ।
नेपाल विश्वकप क्रिकेट लिग २ को छैटौँ स्थानमा रहेको छ । श्रृखंला जिते नेपालले अङ्कतालिकामा माथि उक्लिन सक्ने छ ।
यस अघिका खेलमा नेपालले हालसम्म चार खेलमध्ये २ खेलमा हित हासिल गरेको छ भने १० खेलमा ८ जित हात पार्न सफल भएको छ ।








प्रतिक्रिया राख्नुहोस्