तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा फसेका धनुषावासीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले अफगानिस्तानमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति वा तीनका परिवारलाई सम्पर्कमा

आएर विवरण उपलब्ध गराउनका लागि आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित राजनीतिक सङ्कटका कारण त्यहाँबाट नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काउने कार्य भइरहेकाले त्यहाँ भएकाहरूलाई सम्पर्कमा आएर विवरण उपलब्ध गराउनका लागि अनुरोध गर्नुभएको हो । 

परिवार वा आफन्तले अफगानिस्तानमा रहेका व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराए आफूहरूले चाँडोभन्दा चाँडो उद्धारका लागि काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

सूचना जारी गरे पनि आज ४ बजेसम्म कोही सम्पर्कमा नआउनु भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button