बेवारिसे महिलाको शब फेला
चितवन । नारायणगढ पुलचोक नजिक एक महिलाको शब फेला परेको छ ।
आज बिहान ७ बजेतिर वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिक अन्दाजी २८ वर्षकी महिलाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य थापाले बिहान पहिचान नखुलेकी एक महिलाको शब फेला परेको बताउनुभयो । ती महिलाको शब परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।
उक्त महिला नारायणगढ बजारमा मागेर खाने हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्