तपाईँ सुन्दै हुनुहुन्छः

साढे पाँच किलोमिटर तटबन्ध निमार्ण

 विराटनगर । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय विराटनगरले मोरङका विभिन्न खोलाहरूमा  साढे पाँच किलोमिटर  तटबन्ध निमार्ण गरेको छ ।

खोलामा आउने बाढीका कारण  हुनसक्ने  जोखिम न्यूनीकरण तथा कटान नियन्त्रणका लागी चालु आर्थिक वर्षमा  चुरेदेखि नेपाल भारतको सिमानासम्मको तटबन्ध निमार्ण गरिएको सो कार्यालयका प्रमुख शैलेस पोखरेलले बताउनुभयो ।नदी तथा पहिरो नियन्त्रणमा सक्रिय  सो कार्यालयले चिसाङ खोलमा ९ सय मिटर, लोहन्द्रा खोलामा १६ सय मिटर, डासखोलमा ११ सय, मरिया वक्राहा खोलामा ९ सय , वुुढिखोलामा ३ सय, गछिया खोलामा ६ सय तथा सिगिंया खोलामा ३ सय मिटर तारजाली सहितको तटबन्ध निमार्ण गरेको छ  ।

११ करोडको लागतमा  खोलामा  तटवन्धको काम सम्पन्न भएको हो ।आवश्यकता  अनुसार तटबन्ध निमार्णका लागी कार्यालयलाई  ३५ करोड बजेट आवश्यक पर्ने जनाइएको छ । चालु आर्थिक वर्षमा १० किलोमिटर बडी तटबन्ध निमार्णगर्नै कार्यालयको लक्ष्य रहेपनि बजेटको अभावमा थप काम गर्न नसकेको कार्यालय प्रमुख पोखरेललेको  भनाई छ । डिपि आरको परिधि भित्र रहेर  जोखिमयुक्त  आवश्यक ठाउँहरूमा गरिएको तटबन्ध दिगो र लामो समयसम्म टिक्ने कार्यालयले जनाएको छ । कार्यालयमालाई चालु आर्थीक वर्षमा २८ करोड रकम विनियोजित भएको थियो  । पछि कोभिड नियन्त्रण, व्यवस्थापन तथा रोकथामका लागी १४ करोड रकम प्रदेश सरकारलाई  फिर्ता पठाउनुपर्ने अवस्था आएको र बाँकि १४ करोड बजेटमा तटबन्ध लगायत पहिरो नियन्त्रणको काम भएको कार्यालयले जनाएको छ ।  

लेटाङ नगरपालिका–८ का प्रेमवहादुुर खडकाले  कार्यालयको सहयोगमा जोखिमपुुर्ण स्थानमा  तटबन्धको काम भएपछि केही भएपनि राहत भएको बवताउनुभयो । लेटाङको तेलिया खोलामा तटबन्ध भएपछि नदी कटान तथा भुक्षय नियन्त्रणमा आएको उहाँको भनाई छ । वर्षेनी  खोलामा आउने बाढीले तटीय क्षेत्रका बासिन्दालाई वर्षेनी पिरोल्ने गरेको छ । चार वर्ष अघि  वक्राहा खोलामा तटबन्ध निमार्णका लागी साढे ३ अर्बको डिपिआर तयारभइ तत्कालीन जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले  सो डिपिआर सिचाई मन्त्रालयलाई बुझाएको थियो । डिपिआर तयार भएपनि  अहिलेसम्म दिगो रुपमा वक्राहमा तटबन्धको कामभने अघि नबढेको स्थानीयको  गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button