बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गर्नुभएको बजेटलाई स्वीकृत गरी तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको हो ।

राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरिसकेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको तयारी गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्