नागरिकता काण्डका वडाध्यक्ष पक्राउ परेकै दिन छुटे
भद्रपुर, झापा। झुठो विवरण पेस गरेका विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अजय कार्की पक्राउ परेकै दिन धरौटीमा रिहा भएका छन् ।
कार्कीले २०७६ सालमा विदेशी नागरिकलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेका थिए । कीर्ते नागरिकता काण्डको पर्दाफास भएपछि उनी फरार थिए ।प्रहरीले सो काण्डका अभियुक्तहरूलाई मुद्दा चलाएपछि पक्राउ पुर्जी जारी गरिएका कार्कीलाई सोमवार (हिजो) चन्द्रगढीको धनुष मोडबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको थियो ।
झापा जिल्ला अदालतले सोमवार नै ९ लाख धरौटी मागेपछि सो रकम बुझाएर कार्की तारेखमा छुटेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्