तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तत्कालै निषेधाज्ञा जारी हुदैनः प्रजिअ तिम्सिना

झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताउनुभएको छ । पूर्वीनाका काँकडभिट्टामा आज सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले निषेधाज्ञा जारी नहुने बताउनुभएको हो ।

जिल्लामा हालसम्म कोभिड–१९ का २३९ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नु पर्ने प्रजिअ तिम्सिनाको भनाई छ ।

उहाँले तराईमा ५०० र पहाडमा २०० कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button