गण्डकी प्रदेश सरकारको मन्त्री परिषद् विस्तार

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद् विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री गुरुङलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
मनाङबाट स्वतन्त्र उम्मेदवार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित गुरुङ लाई सामाजिक मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक मन्त्रालय फुटाउने निर्णय गरेको थियो ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सहित मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो । सभामुख र अन्य दलका नेताहरू भने उपस्थित हुनुभएन ।








प्रतिक्रिया राख्नुहोस्