प्रदेश सभा सदस्य शर्मालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

वीरगंज । प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका नेता ओमप्रकाश शर्मालाई थप उपचारका लागि आज हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर निवासी शर्मा एक हप्ता अगाडि कोरोना संक्रमित भई होम आइसोलेसनमा रहनु भएको थियो ।
उहाँलाई बुधवार रातिदेखि स्वास्थ्यमा समस्या आउन थालेपछि आज हेलिकप्टरमार्फत काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको कांग्रेस नेता राकेशकुमार सिंहले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई ‘उच्च रक्तचाप, मधुमेहको समस्या समेत रहेको थियो ।
वीरगंजबाट हेलिकप्टर मार्फत एक सातामा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायी एवं राजनीतिक दलका नेता तथा उनका परिवारका सदस्यहरूलाई कोरोना संक्रमण भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।







प्रतिक्रिया राख्नुहोस्