भारतीयलाई काँकडभिट्टा नाका प्रवेशमा रोक
झापा । भारतबाट नेपाल आउने भारतीयहरूलाई पूर्वी नाका काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको छ । आजैबाट भारतबाट नेपाल आउने भारतीयहरूलाई काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको हो ।भारतमा तीव्र रुपमा कोभिड १९ को संक्रमण फैलिएको र नेपालमा पनि बढ्दै गएकोले नेपाल आउने भारतीयहरूलाई आजैबाट काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले बताउनुभयो ।
उहाँले भारतबाट आउने नेपालीलाई पीसीआर टेस्टको रिपोर्ट हेरेर छोड्ने र नेपालबाट भारत जानेहरूलाई पनि परिचयपत्र देखाएर छोड्ने गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्