ऋषिङमा जिप पल्टिँदा एक जनाको मृत्यु, १६ जना घाइते
तनहुँ । तनहुँको ऋषिङ–१ धारापानीमा जिप पल्टँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।
दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जिप ऋषिङ–१ धारापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो करिब तीन बजे भएको दुर्घटनामा ग १ ज ७६०० नम्बरको जिप भीरबाट तल खस्दा १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी २८ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । नाम र ठेगाना भने खुलिसकेको छैन । घाइते चार जनाको रत्नहरी र बाँकी १२ जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप भीरबाट करिब एक सय मिटर तल खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्