स्वास्थ्य चौकीमा नवनिर्मित भवन बनेपछि बिरामीको उपचारमा सहज

सुनसरी । सुनसरीको वर्जु गाउँपालिका–२ मा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।
वर्जु गाउँपालिका, वडा कार्यालय र स्थानीयको श्रमदानमा निर्माण भएको सितागञ्ज स्वास्थ्य चौकी भवनको सोमवार प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उद्घाटन गर्नुभएको हो । ८ कोठे भवन बनेपछि स्वास्थ्य चौकीमा बिरामीको उपचारमा सहज हुने भएको छ ।
यसअघि भवन अभावकै कारण ल्याब सेवा सञ्चालन गर्न नसकेको स्वास्थ्य चौकीले भवन बने लगत्तै ल्याब सेवा समेत सञ्चालनमा ल्याएको स्वास्थ्य चौकीले बताएको छ ।
कुल एक करोड ९६ लाख रुपैयाँ लागतमा निर्माण भएको प्रसूति गृह सहितको भवनमा ल्याब, एक्स-रे, ओपिडी, धारापानी, सरसफाइको पनि व्यवस्था रहेको छ ।
भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, वर्जु २ का वडा अध्यक्ष आनन्द प्रसाद यादव, नेता केदार कार्की, अगमलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, स्वास्थ्य शाखाका रामबाकु श्रेष्ठ, इन्द्र नारायण यादव सहितको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्