जनकपुरधामका १ पुरुषको उपचारका क्रममा मृत्यु
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरानको कोरोना अस्पतालमा उपचारमा रहेका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
उच्च रक्तचापका बिरामी रहेका मृतक पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
धनुषा जिल्लामा करिब ७ महिनापछि कोरोना सङ्क्रमणका कारणले एक जनाको मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्