महाकाली अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा कोरोना सङ्क्रमित भई उपचार गराइरहेका भीमदत्त नगरपालिका ४ भाषिका ६० बर्षीया पुरुषको आज मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.गोविन्द रोकायाले बताउनु भएको छ ।
स्वासप्रस्वासको समस्याका कारण उनी वैशाख ११ गते अस्पताल भर्ना भएका थिए ।
यस अघि गए राती भीमदत्त नगरपालिका १५ का ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।
यसैबीच कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण २० जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्