आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको हाे । तेजावी सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्