तपाईँ सुन्दै हुनुहुन्छः

अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने टिप्पर र ट्याक्टर नियन्त्रणमा

तनहुँ ।शनिबार रातको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं ६ स्थित रिस्ती दोभानबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई हिडेको अवस्थमा ग १ त २०५० नं को ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिई व्यास नगरपालिकाको कार्यालयमा बुझाएकोमा उक्त कार्यालयबाट ८ हजार जरिवाना गरेको प्रहरीले जनाएको छ ।

गत बिहिबार जिल्लाको बन्दिपुर–६ सराङघाट स्थितमा अवैध रूपमा संचालन भई हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रालिबाट अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवा लोड गरी ओसारपसारमा गर्दै गरेको ग १ क २७८३ नं को टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले व्यास–१ मनकामनाचोकबाट नियन्त्रणमा लिई बन्दिपुर गाउँपालिकाको कार्यालयमा पठाइएकोमा कार्यालयबाट रु १२ हजार जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button