तपाईँ सुन्दै हुनुहुन्छः

वन सचिव डा ओलीको बिदाइ

काठमाडौं ।निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वन प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उहाँ एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उहाँको आवश्यकता सधैँ पर्ने बताउनुभयो ।

सेवानिवृत्त डा ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताउनुभयो । आफ्नो सेवावधि पूरा गर्नुभएका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button