तपाईँ सुन्दै हुनुहुन्छः

गाई फार्ममा खुकुरी प्रहार गरी युवकको हत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाई फार्ममा  आज बेलुका खुकुरी प्रहार गरी युवकको हत्या भएको छ ।
सोलुखुम्बु घर भई मनोहराको सुकुम्वासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।
प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीका अनुसार हत्यामा संलग्न काठमाडौँको गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।
हत्या भएको सूचना आए लगत्तै महानगरीय प्रहरी वृत्त जगातीबाट डिएसपी राजेश थापा नेतृत्वको टोली पुगेर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
डिएसपी गिरीले सोधपुछका क्रममा खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेको बताउनुभयो ।
विवादको विषयमा विस्तृत खुली नसकेको भन्दै उहाँले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button