विद्युत् सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षति
सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–१ कमलदाहामा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । स्थानीय खमिर लाल यादवको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
आगलागीमा यादवको घरमा रहेको डिजेसहितका उपकरणहरू जलेको छ भने १५ हजार नगद, खाद्यान्न, लत्ताकपडासहितका सामान जलेर करिब ६ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।







प्रतिक्रिया राख्नुहोस्