तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप : आर्मीसँग वीरगञ्ज स्तब्ध

बारा  । बाराको सिमरामा जारी ११औँ जीतपुरसिमरा गोल्ड कप अन्तर्गत गए राति भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।
वीरगञ्ज युनाइटेड क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले क्वाटर फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुशान्त चौधरीको नाममा एक÷एक दर्ता भयो ।
वीरगञ्जका लागि चतुर्धन चौधरीले एक गोल गरे । सुरुवाती समयदेखि नै वीरगञ्जलाई दबाबमा राखेको आर्मीले खेलको २४औँ मिनेटमा सन्तोष केसीले टिमलाई अग्रता दिलाएका थिए । वीरगञ्ज युनाइटेडको फितलो रक्षापङ्क्तीको फाइदा उठाउँदै आर्मीले लगातार गोलको वर्षा गर्‍यो ।
खेलको ४१औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । वीरगञ्जका खेलाडीले फल गरेपछि पाएको फ्री किकको सदुपयोग गर्दै उनले बललाई सजिलै जाली चुमाए ।
पहिलो हाफमा निकै दबाबमा परेको वीरगञ्जले इन्जुरी समयमा थप एक गोल खान पुग्यो । चार मिनेट थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा सुशान्त चौधरीले थप एक गोल गर्दै खेल ३–० को स्थितिमा पुर्‍याए ।
प्रतियोगिता अन्तर्गत आज राति भरतपुर एफसी चितवन र बागमती युवा क्लब सुर्लाहीबीच खेल हुनेछ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button