तपाईँ सुन्दै हुनुहुन्छः

दिउसो २ बजेसम्ममा ५५ प्रतिशत मत खस्याे: केन्द्रीय निर्वाचन समिति (फोटो फिचर)

नेपाल पत्रकार महासङ्घको आज भएको चुनावमा अध्यक्ष पदका प्रत्यासी गजेन्द्रसिंह बुुढाथोकी ललितपुरस्थित मतदान केन्द्रमा पत्रकारसँग मत माग्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । देशभर महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको छ ।

पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन मार्फत केन्द्र, प्रदेश र जिल्ला शाखाहरुमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा देशभरीबाट दिउसो २ बजेसम्ममा ५५ प्रतिशत मत खसेको नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था रहेको समितिले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा बुधबार भक्तपुरमा मतदान गर्दै महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा । महासङ्घको आज देशभर मतदान हुँदैछ । तस्बिर:रत्न श्रेष्ठ/रासस

देशका ७ प्रदेशसहित काठमाडौं उपत्यकालाई छुट्टै एकाइ मानी ८ वटा भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान र एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद छन् ।

महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोख्रेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकी उम्मेदवार रहेका छन । महासंघको निर्वाचन तीन-तीन वर्षमा हुने गरेको छ ।

नेपाल पत्रकार महासङ्घको आज भएको चुनावमा ललितपुरस्थित मतदान केन्द्रमा भोट हाल्दै महिला पत्रकार । तस्वीरः प्रदीपराज वन्त/रासस
नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा बुधबार भक्तपुरमा मतदान गर्दै महासङ्घका सदस्य । महासङ्घको आज देशभर मतदान हुँदैछ । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा बुधबार भक्तपुरमा मतदान गर्दै महासङ्घका सदस्य । नेपाल पत्रकार महासङ्घको आज देशभर मतदान हुँदैछ । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा बुधबार भक्तपुरमा मतदान गर्दै महासङ्घका सदस्य । नेपाल पत्रकार महासङ्घको आज देशभर मतदान हुँदैछ । तस्बिर :रत्न श्रेष्ठ/रासस

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button