पश्चिमी वायुको प्रभाव मेघगर्जनसहित वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा फाटफुटरहल्का वर्षाको समेत सम्भावना रहेको छ।
मौसम विश्लेषण
हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भू-भागहरुमा तुवांलो लागेको अवस्था छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २५ गते (बुधबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकि भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।
राती: प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
चैत्र २६ गते (बिहिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र २७ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भु-भागका अधिकांश स्थानहरुमा तुवांलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।







प्रतिक्रिया राख्नुहोस्