तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने बम पड्केर दुई जना घाइते

बागलुङ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ मा माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् ।
बडिगाड गाउँपालिका वडा नं. २ का ३५ वर्षीय अरुण बहादुर पुन र ४६ वर्षका चित्रबहादुर राना घाइते भएको प्रहरी सहायक निरीक्षक प्रकाश गिरीले जानकारी दिनुभयो  ।
आज दिउसो माछा मार्न गएका बडिगाड गाउँपालिका वडा नं. २ का  पुन र रानाले पड्काउने तरिका नजान्दा उनीहरू आफै घाइते भएको खरवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक गिरीले बताउनुभयो  ।
बम पड्कदा उनीहरूको शरीरमा गम्भीर चोट लागेकोले प्राथमिक उपचारपछि पाल्पा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button