खोलामा पानीको सतह घट्दा किसान मर्कामा
डडेलधुरा । लामो समयदेखि पर्याप्त रुपमा वर्षा नभएपछि खोलामा पानीको सतह कम हुँदै गएको छ । आवश्यकता अनुसार सिँचाई गर्न नपाउँदा डडेलधुराका तरकारी खेती गर्ने किसान मर्कामा परेका छन् ।
खोलाहरूमा विगतका वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी पानीको सतह कम भएको किसानहरूले बताएका छन् । अमरगढी नगरपालिका–१ डोला गाउँका किसान तरकारी खेतीमा सिचाई गर्न नपाउँदा मर्कामा परेका छन् । लगाएको तरकारीमा सिँचाई गर्न नपाउँदा सुक्दै जान थालेको र उत्पादन नहुने चिन्ता किसानलाई छ ।








प्रतिक्रिया राख्नुहोस्