सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

सुनसरी। सुनसरीको दुहबीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका १० स्थित नहरचोकमा भएको मोटरसाइकल दुर्घटनामा गढी गाउँपालिका २ शुक्रबारेका ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको हो ।
होलीको दिन सोमबार दिउँसो को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका सञ्जय चौधरीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अर्का मोटरसाइकल चालक मोरङ झोराहाट नयाँ बजारका १८ वर्षीय निकेश बजारु घाइते भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्