इलाम खुला पुरुष भलिवलः आर्मी र विमान ट्रेडर्स फाइनलमा प्रवेश
इलाम । विभागीय टोली त्रिभुवन आर्मी र झापा बिर्तामोडको विमान ट्रेडर्स इलाममा जारी दोस्रो इलाम खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल पुलिस क्लबलाई पराजित गदै आर्मी फाइनल प्रवेश गरेको हो । आजको पहिलो सेमिफाइनल खेलमा आर्मीले पुलिसलाई १९–२५, २५–२२, २५–१५ र २५–२० ले रोकेको हो । यो खेलमा पुलिसका रविन चन्द मेन अफ दि म्याच भए ।
आर्मी समूह ‘क’वाट विजेता वनेको हो भने पुलिस समूह ‘ख’वाट उप विजेता बन्दै सेमिफाइनलसम्म पुगेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा विमान ट्रेडर्स बिर्तामोडले एपिएफ सोझो सेटमा हरायो । बिर्तामोडले २७–२५, २५–२० र २५–२२ को सिधा सेटमा एपिएफलाई रोकेको हो । दोस्रो सेमिफाइनलमा एपिएफका हेमन्त मल्ल मेन अफ दि म्याच बने ।
विमान समूह क वाट उपविजेता बन्दै सेमिफाइनल पुग्दा समूह ख को विजेता एपिएफ प्रतिस्पर्धी पाएको हो । फाइनल खेल आइतबार हुने छ ।
प्रतियोगिताका विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । ७ टिमको सहभागिता रहेको प्रतियोगिता जिल्ला भलिबल सङ्घ इलामले आयोजना गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्