पालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि तिला र चन्दननाथलाई

जुम्ला । जुम्लामा सञ्चालित प्रथम अन्तर पालिका स्तरीय समन्वयात्मक फुटसल प्रतियोगिताको उपाधि तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाले हात पारेका छन् ।
दुई दिन सम्म सञ्चालित खेलको कर्मचारी तर्फको उपाधि तिला गाउँपालिका र जनप्रतिनिधि तर्फको उपाधि चन्दननाथ नगरपालिकाले जितेको आयोजकले जनाएको छ ।
कर्मचारीतर्फ भएको फाइनल खेलमा चन्दननाथ नगरपालिकाको कर्मचारी टिम विजेता भएको छ । भने चन्दननाथ नगरपालिकाको टिम उपविजेता भएको छ । चन्दननाथको कर्मचारी टिमलाई १ का विरुद्ध ४ गोल गर्दै तिला गाउँपालिकाको कर्मचारी टिमले फुटसल प्रतियोगिताको कर्मचारी तर्फको उपाधि जितको हो ।
जनप्रतिनिधि तर्फको खेलमा चन्दननाथ नगरपालिकाको जनप्रतिनिधि टिम विजेता भएको छ । भने तातोपानीको जनप्रतिनिधि टिम उपविजेता भएको छ । कर्मचारी र जनप्रतिनिधि दुवै तर्फका विजेतालाई २० हजार नगर, ट्रफि मेडल र प्रमाण पत्र पाएका छन् । भने उपविजेता कर्मचारी जनप्रतिनिधि टिमले १० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र पाएको कर्णालीका फुटसल एण्ड स्पोर्ट्स हबका सचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।
तर उपविजेता भएको तातोपानी गाउँपालिकाको जनप्रतिनिधि टिमले भने कुनै पुरस्कार लिएको छैन । आयोजकले आइतबारको खेलमा पातारासीलाई हराउँदै तातोपानीको कर्मचारी टिम विजयी घोषणा गरे पनि कार्यान्वयन नगरेपछि जनप्रतिनिधिको टिमले पनि पुरस्कार बहिस्कार गरेको तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पुरस्कार वितरण गर्नु भएको छ । प्रजिअ थापाले पछिल्लो समय जुम्लामा भइरहेको खेल क्षेत्रको विकासले नयाँ पुस्तामा पनि खेलप्रति मोह बढेको उल्लेख गर्नुभयो ।
आयोजकले आफ्नै निर्णय कार्यान्वयन गरेन
आइतबार तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको कर्मचारी टिम बिच भएको खेलमा तातोपानी गाउँपालिकाले जितेको स्वयम आयोजकले नै घोषणा गर्यो । तीन जना रेफ्रीमध्य दुई जना रेफ्री र आयोजकले नै तातोपानीको कर्मचारी टिमको जीत भएको घोषणा गरेको थियो ।
तर आयोजकले विजयी घोषणा गरिसकेको तातोपानीको कर्मचारी टिमलाई भने सोमबार बिहान एकाएक पुन पातारासीकै टिम सँग परामर्श गर्न र पुन रि म्याच खेल्न भनेपछि तातोपानीका कर्मचारी खेलाडीले अचम्मित हुँदै विजयी घोषणा भइसक्दा पनि फेरी किन खेल्नु पर्छ भनेर आयोजकले नियमित पूर्ण ढङ्गबाट तातोपानी हराएको तातोपानीका कर्मचारी टिमका संयोजक मिलन बुढ्थापाले बताउनुभयो ।
पातारासी र तातोपानीको विवादकै बिच पनि आयोजकले अर्को टिमलाई फाइनल खेल्न लगाएको र आफ्नै निर्णय कार्यान्वयनमा आयोजक चुकेपछि फुटसल कोणमै भन्दै तातोपानीका खेलाडीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई सत्य बुझेर कारबाही गरिपाऊ भन्ने निवेदन दिएका छन् ।
लामो छलफलपछि अन्ततः आयोजकले तातोपानीका कर्मचारीको खेलको उच्च मूल्याङ्कन र प्रशंसा गर्दै कर्मचारी तथा जनप्रतिनिधिको टिम दर्ता शुल्क फिर्ता गरेर माफी मागेको टिमका संयोजक बुढ्थापाले उल्लेख गरे । साथै तातोपानीका कर्मचारी टिमलाई विजयी घोषणा गरिसकेको अवस्था नियत बस तरिकाले खेलबाट हटाइएको प्रति प्रशासनलाई दिएको निवेदनका बारेमा यथाशीघ्र छलफल गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगितामा जुम्लाका आठ स्थानीय तहका १४ वटा टिमको सहभागिता रहेको छ । जसमा ९ वटा कर्मचारीको टिम छ । भने ५ वटा जनप्रतिनिधिको टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
आइतबारको पहिलो खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलका विरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै हराएको थियो । तर एक जना रेफ्रीले भने पातारासी र तातोपानीको कर्मचारी टिमको अन्तिम खेलमा तातोपानीका खेलाडीको फल भएको बताएका छन् ।
यता कर्णाली फुटसल एण्ड स्पोर्ट्स हबका अध्यक्ष नृपराज भारतीयले आयोजकले अघिल्लो दिन विजयी घोषणा गर्नु र सोमबार तातोपानीका खेलाडीले खेलमैदान छोडेर खेल्दैनौ भनी जानुलाई दुबै पक्षले आआफ्नो गल्ती स्वीकार गरेको बताउनुभयो । साथै तातोपानीको जनप्रतिनिधि टिमले आफ्नो दर्ता शुल्क नै लिइसकेको हुँदा द्धितिय पुरस्कार लिने कुनै आधार नरहेको समेत अध्यक्ष भारतीले जानकारी दिनुभयो । फुटसल प्रतियोगिताको पहिलो सुरुवात र सिकाई भएकोले आगामी दिनमा सच्याउँदै खेल क्षेत्रलाई निष्पक्ष बनाउने प्रतिबद्धता आयोजकको छ ।







प्रतिक्रिया राख्नुहोस्