खेलाडीलाई सम्मान
काठमाडौँ । गणेशमानसिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा आयोजित फुटसल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।
‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइज वाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।
नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्