तपाईँ सुन्दै हुनुहुन्छः

“सिपमूलक सौन्दर्य कला तालिमको संयुक्त शुभारम्भ

सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्त्वावधानमा आज एक कार्यक्रम बिच “सिपमूलक सौन्दर्य कला (ब्यूटीसियन) तालिम” को संयुक्त शुभारम्भ गरिएको छ ।

प्रदेश १ प्रहरी कल्याण कोषको सहयोगमा सञ्चालन हुने उक्त ३ महिना अवधिको सौन्दर्य कला तालिमको समुद्घाटन गर्नु हुँदै १ नम्बर प्रदेश प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सृजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर÷ अशक्त प्रहरी कर्मचारीहरूका परिवारलाई प्रदान गरिने सिपबाट आय–आर्जन बढ्न जाने र आश्रित परिवार तथा सन्ततिहरूको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सिपमूलक तालिमहरू सञ्चालन गरिएको बताउनुभएको छ ।

उक्त सौन्दर्य कला तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिँदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरूलाई सर्वसुलभ ढङ्गबाट सहभागी गराउने उद्देश्य अनुरूप तेस्रो समूहको तालिमलाई धरानबाट समेत सञ्चालन गरिएको हो ।

दुवै स्थानमा आजबाट सञ्चालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरू प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन् । उक्त तालिम समुद्घाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button