तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका १८ हजार किशोरीलाई आइरन फोलिक एसिड खुवाइँदै 

सल्यान । सल्यानका १० वटै स्थानीय तहका करिब १८ हजार ३ सय ८७ भन्दा बढी किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाइने खुवाइने भएको छ

किशोरीहरूमा हुने रक्त अल्पताको कमीका कारणले हुने असरहरू कम गर्नका लागि किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउन लागिएको हो ।

कपुरकोट गाउँपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरीमा खुवाइसकिएको आइरन यो वर्ष शारदा नगरपालिकामा सुरु गरिएको र क्रमिक रुपमा सबै पालिकाका किशोरीहरूलाई खुवाइने सुआहारा कार्यक्रमका फिल्ड कोडनेर तोरण बुढाथोकीले जानकारी दिनुभयो ।

शारदा नगरपालिकामा १० देखि १९ वर्षभित्रका किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउन सुरु गरिएको छ ।

नगरपालिकाले पालिकाभित्र रहेका १० देखि १९ वर्षमुनिका करिब २ हजार ९ सयभन्दा बढी किशोरीहरूलाई आइरन फोलिक एसिड खुवाउन सुरु गरिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पालिकाभित्रका स्वास्थ्य संस्थाका प्रमुख, नर्स, मावि र आधारभूत तहका विद्यालयका प्रधानाध्यापकहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएर आइरन फोलिक एसिड खुवाउन सुरु गरिएको स्वास्थ्य शाखाका रविन विष्टले जानकारी दिनुभयो ।

विद्यालय तहमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमार्फत खुवाइने र विद्यालयबाहिर रहेका किशोरीहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामार्फत खुवाइने उहाँको भनाइ छ ।

दलित विकास समाज सल्यानद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहकार्यका जिल्लाका सबै पालिकाका किशोरीलाई आइरन फोलिक एसिड खुवाइन लागिएको सुआहारा कार्यक्रमका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार यसअघि सल्यानका ३ स्थानीय तहमा यो कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

उहाँका अनुसार छत्रेश्वरी गाउँपालिकामा १ हजार ६ सय ९१ जनालाई, कपुरकोट गाउँपालिकामा १ हजार ३ सय ९१ जनाई र कुमाख गाउँपालिकामा ९ सय ७९ जना किशोरीलाई फोलिक एसिड खुवाइसकिएको बताउनुभयो ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले सबै विद्यालयमा आइरन चक्की खुवाइएको बताउनुभयो । उहाँका अनुसार २ हजार छात्राहरूका लागि औषधी पठाइएको भए पनि यकिन विवरण विद्यालयबाट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button