तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री ढकाल र इजरायली राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसँग मङ्गलवार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरलाई नेपाल–इजरायल सीधा हवाई सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँहरूको बिचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button