तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी निरीक्षकको हृदयाघातको कारण मृत्यु

बारा । बारामा सशस्त्र प्रहरी निरीक्षकको हृदयाघातको कारण मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बिओपी बोर्डर आउट पोस्ट कवहीगोठ का प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक नारायण सिंहको मृत्यु भएको हो । उहाँको हृदयाघातको कारण मृत्यु भएको  नारायणी अस्पताल वीरगंजले पुष्टि गरेको छ ।
उहाँको स्वास्थ्यमा समस्या देखिए पछि कलैया अस्पताल लगिएको थियो । पछि कलैया अस्पतालमा भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्री नभए पछि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल मा रेफर गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button