लागु औषध चरेससहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
बेदकोट नगरपालिका–९ का सुरेन्द्रराल लुहारको घरबाट तीन मिलिग्राम र गोपाल चन्दको पसलबाट १० मिलिग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ गरिएका दुबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले गोप्य सूचनाका आधारमा ती दुवै स्थानमा छापा हानेर चरेस बरामद गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्