राष्ट्रिय महिला लिग फुटबलः पुलिस क्लबको सहज जित
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ गोलको जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गर्नुभयो । चन्द्रपुरकी सबिता रानामगरले एक गोल फर्काउनुभयो ।
जीतसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अङ्क जोडेको छ । छैटौँ स्थानको चन्द्रपुरले ५ खेलमा ३ अङ्क जोडेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्