तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखका कोरोना सङ्क्रमित पुरुषको सुर्खेतमा मृत्यु

सुर्खेत । दैलेखका कोरोना सङ्क्रमित पुरुषको आज सुर्खेतमा मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका– ५, का ६४ वर्षीय पुरुषको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउँको दुख्ने समस्या सहित अस्पतालको कोभिड १९ आइसियुमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

अब कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button