तपाईँ सुन्दै हुनुहुन्छः

विजयप्रकाश बिन स्मृति पत्रकारिता पुरस्कार खतिवडालाई

 

वीरगञ्ज। विगत ४२ वर्षदेखि पत्रकारिता पेशामा संलग्न भई विशिष्ठ योगदान पु¥याउनु हुने ६६ वर्षीय पत्रकार शङ्करप्रसाद खतिवडालाई आज वीरगञ्जमा स्व विजयप्रकाश बिन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

स्व विन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठान वीरगञ्जद्वारा आयोजित स्व विजयप्रकाश बिन स्मृति पुरस्कारबाट पुरस्कृत हुने खतिवडा पहिलो पत्रकार हुनुहुन्छ । उहाँलाई वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले नगद रु ११ हजार १११ प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा स्व बिनका धर्मपत्नी तारादेवीलाई पनि रु दुई हजार १०० नगद र दोसल्ला ओढाएर सम्मान गरियो ।

पत्रकारिताको माध्यमबाट भोजपुरी भाषा तथा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्व बिनले २०४० सालतिर सगुन भन्ने भोजपुरी भाषाको पहिलो पत्रिकाको शुरुआत् गर्नुभएको थियो । स्व बिनले पत्रिकामार्फत भोजपुरी भाषा, साहित्यको उत्थान र विकासको लागि गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै स्व विन्दुदेवी पाण्डे प्रतिष्ठानले उहाँको नाउमा अक्षयकोष स्थापना गरी स्व विजयप्रकाश बिन स्मृति प्रतिष्ठान गठन गरेर यस वर्षदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकारिता पेशामा संलग्न महिला पत्रकारलाई पठनपाठनको लागि रु एक लाखसम्म योगदान दिने, पत्रपत्रिकाको लागि लोककल्याणकारी विज्ञापनको लागि नीति बनाइएको र भोजपुरी भाषा, संस्कृति र साहित्यको विकासको लागि भोजपुरी प्रतिष्ठान गठन गर्न लागेको बताउनुभयो ।

प्रतिष्ठानका संयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे, नेपाल पत्रकार महासङ् प्रदेश २ का सभापति दीपेन्द्र चौहान, वरिष्ठ पत्रकार, चन्द्रकिशोर झा, नेपाल पत्रकार महासङ«घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतका पत्रकारले व्यावसायिक पत्रकारिताको विकासमा भोजपुरी भाषाको पत्रिका प्रकाशन गरेर स्व बिनले महिलालाई पनि पत्रकारिता क्षेत्रमा ल्याउने प्रयास गर्नुभएको र पुरुष पत्रकारको बाहुल्यता रहेको अहिलेको परिवेशमा महिला पत्रकारको सङ्ख्या बढ्दै जानु राम्रो कुरा भएको बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button