तपाईँ सुन्दै हुनुहुन्छः

फत्तेपुर स्वास्थ्य चौकिमा इमर्जेन्सी सेवा सुचारु

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको स्वास्थ्य चौकीमा २४ सैं घण्टा इमर्जेन्सी सेवा सञ्चालन भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुर स्थित स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको हो । सो सेवाको नगरपालिकाका मेयर उत्तमकुमार शर्मा गौतमले एक कार्यक्रमको आयोजना गरी इमर्जेन्सी सेवाको उद्घाटन गर्नुभएको छ ।

अब स्वास्थ्य चौकि फत्तेपुरबाट २४ घन्टा इमर्जेन्सी सेबा, ल्याब लगायत सेवा एम.बिबि.एस डाक्टरहरुबाट उपलब्ध रहेने स्वास्थ्य चौकि प्रमुख राजकुमार दासले जानकारी दिनुभयो ।स्वास्थ्य चौकीमा यसअघि नै ल्याव तथा ५ वेडको कोभिड–१९ अस्थायी अस्पताल सन्चालनमा आइसकेको छ । फत्तेपुर स्वास्थ्य चौकीवाट सप्तकोसी को ११ वटै वडा र छिमेकी नगरपालिका उदयपुरको चौदण्ढि गढि र बेलका नगरपालिकाका जनता समेतलाई सुबिधा हुने मेयर शर्माले वताउनुभयो ।

इमर्जेन्सी सेवाका साँथै चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याईने मेयर शर्माले बताउनुभयो । नगरपालिकामा १५ वेडको अस्पताल सञ्चालनका लागि पनि आवश्यक तयारी भईरहेको र फागुन भित्र शिलान्यास गरिने उहाँले वताउनुभयो । अस्पतालतका लागि आवश्यक उपकरणका लागि स्वास्थ्य सेवा विभागमा कुरा भएको शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button