‘बजारलाई नयाँ ढंगले व्यवस्थापन नगरी किसानलाई खुसी बनाउन सकिँदैन’
काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रालय अन्तरगत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा मन्त्री अर्यालले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
मेरो पालामा केही नयाँ चिज दिन्छु भन्ने हिसाबले अगाडि बढ्न मन्त्री अर्यालले निर्देशन दिनुभयो ।
कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिनुभयो ।
किसानहरुले दुधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उहाँले दिगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्